राधी विद्युत कम्पनीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 10:31:23 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनी Radhi Bidyut Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १९ गते बिहान ११ बजेको लागि आर्थिक वर्ष ७५/७६ को साधारणसभा आह्वान गरेको हो 

सभाले संचालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र संचालक बाहेकका संचालकहरुको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धकपत्र  नियमावली संशोधन गर्ने, प्रस्तवित संशोधनमा  परिमार्जन गर्नु परे त्यसको अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ५ देखि फागुन १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

कम्पनीले आर्थिक वर्ष ७६/७७ को साधारणसभा भने आह्वान गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved