सिस्टममा समस्या आएपछि आजको लागि शेयर कारोबारको समय थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 02:59:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज मंगलबारको लागि कारोबार समय ३५ मिनेट थप गरेको छ  । नियमित कारोबार अवधिमा नेप्सेको वेबसाइटमा तथा टिएमएसमा समस्या आई केहि समय कारोबार हुन नसकेकोले नेप्सेले कारोबार समय ३५ मिनेट थप गरेको हो।  

यस संगै आज  ३ बजेर ३५ मिनेटसम्म शेयर कारोबार हुनेछ ।  

आज नेप्सेको वेबसाइटमा समयमा नै डाटा अपडेट नहुने समस्या देखिएको थियो भने टिएमएसमा पनि समस्या आई केहि समय कारोबार हुन सकेको थिएन । 

 यस अघि माघ ५ र माघ १८ गते पनि नेप्सेको वेबसाइटमा डाटा डिस्प्लेको समस्या देखियो थियो  । पछिल्लो समयमा नेप्सेको वेबसाइटमा  डाटा डिस्प्लेको समस्य  बढ्दै गएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved