विजय लघुवित्तले डाक्यो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 10:24:49 AM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha  ले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १५ गते नवलपरासीमा सभा आह्वान गरेको हो ।

सभामा विजय लघुवित्तले  खप्तड लघुवित्तलाई प्राप्ति गर्ने, स्वाप रेसियो निर्धारण गर्ने, संयुक्त प्राप्ति समिति र संचालक समितिले गरेका हालसम्मका निर्णय अनुमोदन गर्ने, बाँकि कार्य गर्ने सम्पूर्ण संचालक समितिलाई दिने , प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधनको लागि नियमक निकायबाट निर्देशन आएमा त्यसको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

विजय लघुवित्तले गत असोजमा कैलालीको गोदावरी नगरपालिका १ मा केन्द्रीय कार्यालय रहेको खप्तड लघुवित्तलाई गाभ्ने निर्णय गरेको हो । उक्त कम्पनीको कार्य क्षेत्र प्रदेश नम्बर ७ रहेको छ । कम्पनीको चुक्ता पुँजी २ करोड ६८ लाख रहेको छ। कम्पनीले गत साउनबाट कारोबार सुरु गरेको हो । विजय लघुवित्तको चुक्ता पुँजी २६ करोड ६५ लाख रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved