रोक्का गरिएका १३ मध्ये ७ कम्पनीको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 04:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ७ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेको वेबसाइटमा वित्तीय विवरण गरेपछि नेप्सेले ति कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

शेयर कारोबार फुकुवा हुनेमा कर्णाली डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स, पांचथर पावर कम्पनी, राधि विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रो पावर र नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले यी कम्पनीले नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले कारोबार रोक्का गरेको थियो । ति कम्पनीले कम्पनी लगइन मार्फत उल्लेखित विवरण सबैले हेर्न सक्ने गरि नेप्सेको वेबसाइटमा अपलोड गरी कारोबार फुकुवा गरिदिन आग्रह गरेकोले सोहि अनुसार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेले १३ कम्पनीको कारोबार रोक्का राखेकोमा अन्यको भने फुकुवा हुन बाँकि छ।   नेप्सेले एक साथ ११ र त्यस अघि २ गरि कुल १३ कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले नेपाल हाइड्रो, पन्चकन्या माई हाइड्रो, पाँचथर पावर कम्पनी, राधि वियुत कम्पनी, युनिभर्सल पावर कम्पनी , रैराङ हाइड्रो, युनियन हाइड्रो, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, र नेशनल माइकोफाइनान्सको कारोबार रोक्का गरेको थियो । यस अघि विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । 

कारोबार फुकुवा हुन बाँकि रहेका कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ लेखापरीक्षण गरिएको विवरणहरु नेप्सेमा अपलोड गरेपछि ति कम्पनीको पनि कारोबार फुकुवा हुने नेप्सेले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved