२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 08:48:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज तारागाउँ रिजेन्सी होटेल र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । तारागाउँ रिजेन्सीले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि लगानीकर्ताले यो लाभांश पाउने छन् । 

तारागाउँ रिजेन्सीले फागुन १४ मा तथा स्वाभिमानले फागुन १३ मा साधारणसभा आह्वान गरेको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved