नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 09:08:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २ सय ६६ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले ति शेयर आज माघ २९ गतेदेखि फागुन ७ गतेसम्म लिलाममा राखेको हो । 

यस लिलामीको शेयरमा जो कोहि योग्य लगानीकर्ताले आवेदन दिन सक्ने छ । बैंकले कम्पनीको न्युनतम शेयर मूल्य प्रति कित्ता ५८२ कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै शेयरको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि एनआइसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

बैंकले यस अघि नागरिक लगानी कोष र सूर्या लाइफको संस्थापक शेयर पनि लिलाममा राखेकोमा ति शेयर भने पूर्ण बिक्रि भएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved