ग्रीन डेभलपमेन्ट बैंकको लाभांश परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 10:25:55 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेन्ट बैंक Green Development Bank Limited  ले लाभांश परिमार्जन गरेको छ। बैंकको माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि प्रस्ताव गरिएको लाभांश परिमार्जन गरेको हो ।

जस अनुसार बैंकले ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

बैंकले यस अघि ४.८४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५५ नगद गरि कुल ५ .१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved