इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 10:14:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको छ । बैंकले माघ १६ गतेदेखि ८.५ प्रतिशत ब्याजदर प्रदान हुने ७ बर्षे अवधिको  ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र निष्काशन गगरेको हो ।

 बैंकले बिक्रिमा राखेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याएको छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरमा निष्कासन हुने छ। सर्वसाधारण छुट्याईएको मध्ये ८० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

 ऋणपत्र निष्काशनको लागि आरबीबी मर्चेण्ट बैंकिङ  बिक्रि प्रबन्धक रहेको छ।   नेपाल धितोपत्र बोर्डले बैंकलाई मङ्सिर १८ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved