थप ४ कम्पनीको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 04:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप ४ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेको वेबसाइटमा वित्तीय विवरण उपलब्ध हुने ब्यबस्था गरेपछि नेप्सेले ति कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

शेयर कारोबार फुकुवा हुनेमा रैराङ हाइड्रो, कालिका लघुवित्त, पन्चकन्या माई हाइड्रो र नेपाल हाइड्रो डेभलपर रहेका छन् । यस संगै नेप्सेले कारोबार रोक्का  गरेका १३ कम्पनी मध्ये ११ कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले यस अघि कर्णाली डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स, पांचथर पावर कम्पनी, राधि विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रो पावर र नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा गरेको थियो ।

नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले कुल १३ कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । ति कम्पनीले कम्पनी लगइन मार्फत उल्लेखित विवरण सबैले हेर्न सक्ने गरि नेप्सेको वेबसाइटमा अपलोड गरी कारोबार फुकुवा गरिदिन आग्रह गरेकोले सोहि अनुसार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेले १३ कम्पनीको कारोबार रोक्का राखेकोमा अब २ कम्पनीको कारोबार फुकुवा हुन बाँकि छ।   नेप्सेले एक साथ ११ र त्यस अघि २ गरि कुल १३ कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले नेपाल हाइड्रो, पन्चकन्या माई हाइड्रो, पाँचथर पावर कम्पनी, राधि वियुत कम्पनी, युनिभर्सल पावर कम्पनी , रैराङ हाइड्रो, युनियन हाइड्रो, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, र नेशनल माइकोफाइनान्सको कारोबार रोक्का गरेको थियो । त्यस अघि विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । अब पहिलो चरणमा कारोबार रोक्का भएका विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा हुन बाँकि छ ।

कारोबार फुकुवा हुन बाँकि रहेका कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ लेखापरीक्षण गरिएको विवरणहरु नेप्सेमा अपलोड गरेपछि ति कम्पनीको पनि कारोबार फुकुवा हुने नेप्सेले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved