महालक्ष्मी लाईफको साधारणसभा सम्पन्न, आईपिओ निष्काशन प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 02:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  को तेस्रो वार्षिक साधारण सभा काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्‍याडिसनमा सभा संचालक भएको हो ।

सभामा कम्पनीका प्रमुख  कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए। अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आव २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास परेको छ। सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।

त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम शेयर निश्काशन गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved