६ कम्पनीको १ करोड कित्ता बढी बोनस शेयर सुचिकृत, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 02:52:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज विभिन्न ६ कम्पनीका गरि कुल १ करोड ५ लाख ९ हजार ५ सय ५ दशमलव २१५७ कित्ता शेयर सुचिकृत भएको हो 

आज मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशतले हुन आउने ४८ लाख ६५ हजार ६ सय १३ दशमलव १७ कित्ता बोनस शेयर, लक्ष्मी लघुवित्तको १५ प्रतिशतले हुन आउने ४ लाख १७ हजार ४ सय ५० कित्ता बोनस शेयर, एनएलजि इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने ७ लाख १७ हजार २ सय ५५ कित्ता बोनस शेयर र  अरुण भ्याली हाइड्रोको ५ प्रतिशतले हुन आउने ४ लाख ९९ हजार १ सय ६२ कित्ता बोनस शेयर सुचिकृत भएको हो  

त्यस्तै आज नै हिमालयन डिस्टिलरीको ५० प्रतिशतले हुन आउने २८ लाख ९२ हजार ३ सय ४१ दशमलव २५ कित्ता बोनस शेयर र कामना सेवा विकास बैंकको ४.४० प्रतिशतले हुन आउने ११ लाख १७ हजार ६ सय ८३ दशमलव ७९५७ कित्ता शेयर सुचिकृत भएको हो  

शेयर सुचिकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved