बजारमा उछाल आउँदा पनि यी २ कम्पनीको शेयर मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 04:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयरबजार परिसूचक नेप्से ९२.२४ अंकले बढेको छ। आज बजार ३.७१ प्रतिशतले बढेर २५८६.०१ को बिन्दुमा पुगेको छ । आज २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजार १ सय ५७ कित्ता शेयर खरिद बिक्रिबाट १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेको छ । जसमा लघुवित्त समुह ८.७४ प्रतिशतले बढेको छ । आज ३ दर्जन बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । 

आज निर्धन उत्थान लघुवित्तको सबैभन्दा धेरै ७० करोड ४८ बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, छिमेक लघुवित्त, डिप्रोक्स लघुवित्त, ग्लोबल आईएमई बैंक लगायत रहेका छन् । 

बजारमा उछाल आउँदा पनि आज २ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज पन्चकन्या माई हाइड्रो र रैराङ हाइड्रोको शेयर मूल्यको घटेको छ । आज पंचकन्या माईको शेयर मूल्य ४.०३ प्रतिशत तथा रैराङ हाइड्रोको शेयर मूल्य ०.३५ प्रतिशतले घटेको हो । त्यस्तै आज सानिमा बैंकको ऋणपत्र २०८५ र एनआईसी एसिया बैंकको ऋणपत्र ८१/८२ को शेयर मूल्य पनि घटेको छ । आज एभरेष्ट बैंकको कन्भर्टबल प्रिफरेन्स शेयरको मूल्य पनि घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved