हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2021 | 10:30:15 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७ सय बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved