आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 10:10:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ५० हजार बराबरको बोनस शेयर र ०.३७ प्रतिशतले हुन आउने ३९ लाख ८६ हजार ८ सय ४२ दशमलव ११ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved