बिजपाटी समाचार प्रभाव: चन्द्र ढकालले दिए राजिनामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 17, 2021 | 10:55:55 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जीका संचालक समिति सदस्य चन्द्र ढकालले संचालक पदबाट राजिनामा दिएका छन्। चन्द्र ढकाल नियम विपरित संचालक समितिमा बसेको भन्ने समाचार बिजपाटी डटकमले प्रकाशन गरेपछि उनले पदबाट राजिनामा दिएका छन् ।

ढकालले मंगलबार नै राजिनामा दिएका हुन् । उनको राजिनामा मंगलबार नै स्वीकृत भईसकेको छ । यद्यपि निमायक निकायलाई आधिकारिक जानकारी गराउन भने बाँकि छ । 

बिजपाटी डटकमले माघ १५ गते 'धितोपत्र कानुनको धज्जी उडाईरहेका व्यक्ति नै धितोपत्र बोर्डको संचालक' शिर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा उनी  धितोपत्र बोर्ड कै कानुन बिपरित समान उदेश्य भएका २ वटा कम्पनीमा संचालक पदमा रहेको उल्लेख गरिएको थियो ।  समाचार प्रकाशन भएपछि ढकालले गल्ति सच्याउदै पदबाट राजिनामा दिएका हुन् ।  

बिजपाटीसँग कुरा गर्दै उनले आफुले राजिनामा दिएको पुष्टि गरेका छन् । उनले भने 'कानुनको पालना सबैले गर्नु पर्छ, कानुनी विपरित भएपछि एउटा कम्पनीबाट राजिनामा दिएको छु'।

कसरी थियो ढकालको नियुक्ति गलत ? 

 नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको हैसियतमा ढकाल धितोपत्र बोर्डमा पनि संचालक छन् । तर उनै ढकालले कम्पनी ऐन तथा धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित कार्य गरेका थिए ।

कम्पनी ऐनले एउटा कम्पनीको संचालक रहेको व्यक्ति अर्को कुनै  समान उद्देश्य भएको कम्पनीको सञ्चालक हुन नपाउने ब्यबस्था गरेको छ । ऐनको दफा ८९ को उपदफा छ मा भनिएको छ 'समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालकआधारभूत शेयरधनीकर्मचारीलेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएका व्यक्ति अर्को कम्पनीमा संचालक पदमा नियुक्त हुन सक्ने छैन


साथै बोर्डले जारी गरेको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको दफा १३ को उपदफा ३ मा कुनै सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालकतलवी पदाधिकारीकार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्न नहुने ब्यबस्था गरेको छ।


तर ढकाल यो ब्यबस्था विपरित समान उदेश्य भएका २ कम्पनीमा संचालकको रुप मै बसेको थिए । उनी नेपाल स्टक एक्सचेन्जमा सुचिकृत माउन्टेन इनर्जी कम्पनी र हिमालयन पावर पार्टनरका संचालक समिति सदस्य थिए।  यी दुवै कम्पनीको समान उदेश्य छत्यो हो  जलविद्युतमा लगानी गरी विद्युत उत्पादन गर्ने हो । तर ढकाल दुवै कम्पनीमा संचालक थिए  

बिजपाटीले यो कदम कानुन विपरित भएको समाचार प्रकाशन गरेपछि उनले माउन्टेन इनर्जी छोडेका हुन्  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved