'निफ्रा' को शेयर मूल्यमा लगातार चौथो दिन सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 11:26:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को शेयर मूल्यमा लगातार चौथो  दिन सकारात्मक सर्किट लागेको छ । बुधबार नियमित कारोबार सुरु भएको २ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।  

तेस्रो दिन (हिजो) सर्किट लागेर बैंकको अन्तिम कारोबार ४५२ मा भएको थियो ।  चौथो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४७४ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर ४९७ पुगेको छ ।  

बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो  ।  गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो। 

 बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

वित्तीय अवस्था 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो । बैंकको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ । त्यस्तै बैंकको संचालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ । १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved