बुक विल्डिङबाट आईपिओ निष्काशन तयारीमा रहेको सर्वोत्तमले पायो निफ्राको भन्दा राम्रो रेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 03:25:38 PM मा प्रकाशित

laxmi sunrise bank

बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले ट्रिपल बि प्लस (BBB+) को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई ट्रिपल बि प्लसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले मध्यम जोखिम जनाउछ । 

इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । कम्पनीले पाएको रेटिङ चौथो उत्तम रेटिङ हो । रेटिङमा प्रयोग हुने प्लस र माइनसले रेटिङको तुलनात्मक स्थिति अथवा मजबुती लाई जनाउछ ।  इस्युअर रेटिङ आईपिओ , हकप्रद वा एफपिओको नभई समग्र कम्पनी कै रेटिङ हो । यसले कम्पनीको समग्र अवस्था जनाउछ ।

नेपाल इन्फ्रास्ट्रकचर बैंकले ट्रिपल बि (BBB) को इस्युअर रेटिङ पाएको थियो । सर्वोत्तम सिमेन्टले ट्रिपल बि प्लस पाएकोले सिमेन्टले पाएको रेटिङ निफ्राले पाएको भन्दा उत्तम हो ।  

सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

३ अर्ब ४० करोड रुपैयाँ चूक्ता पूँजि भएको कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै कम्पनीले सेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रक्रिया सुरु गरेको छ ।

६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ। यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। 

कम्पनीले चैत्रको पहिलो हप्ता भित्र आईपीओ निष्काशन गरिसक्ने तयारी गरेको छ । साधारणसभाले बिक्रि प्रबन्धक नियुक्तिको जिम्मा सञ्चालक समितिलाई दिएको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजि ४ अर्ब रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved