५ वर्ष अगाडीको हकप्रद लिलाम गर्दै साना किसान लघुवित्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 01:24:04 PM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान लघुवित्तले ५ वर्ष अगाडी हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर बल्ल लिलाम गर्ने भएको छ । कम्पनीले शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेष्टमेन्ट बैकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले ३ हजार ३ सय ६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता  साधारण शेयर गरि कुल १२ हजार ४ सय ४२ कित्ता शेयर लिलाम गर्न लागेको हो । कम्पनीले २०७२ साल मङ्सिरमा २:! को अनुपातमा ५० प्रतिशतको दरले हकप्रद निष्काशन गरेको थियो । तर हकप्रदमा बिक्र नभएको शेयर अझै लिलामीमा आउँन सकेको थिएन । 

नेपाल धितोपत्र बोर्डले ति शेयर लिलाम गर्न निर्देशन दिएपछि कम्पनीले गत पुसमा सम्पन्न १९ औ साधारणसभाबाट प्रस्ताव पारित गरि ति शेयर लिलाम गर्ने निर्णय गरेको थियो । यस संगै अब बिक्रि प्रबन्धकले ति शेयर लिलामको लागि सर्वाजनिक सूचना जारि गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved