ग्रीनलाइफ हाइड्रोको आईपिओ शुक्रबार बाँडफाँड हुदै, २ जनाले ११ कित्ता पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 04:39:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर शुक्रबार शेयर बाँडफाँड गर्न लागेको हो । शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड हुने क्यापिटलले जनाएको हो । 

प्रि अलोटमेन्टमा कति आवेदन परेको छ, ति मध्ये कति अयोग्य भएका छन् , कति योग्य भए र कति जनाले कति कित्ता शेयर पाउँछन् भन्ने विषय टुंगो लगाईन्छ ।  शेयर बाँडफाँड हुने दिनमा कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने छन् भन्ने गोलाप्रथाबाट टुंगो लगाईन्छ । 

कम्पनीको आईपिओमा १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएका छन्। जस मध्ये १३ लाख १९ हजार ५९ जनाको मात्र आवेदन योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र शेयर पाउने छन् । यी मध्ये २ जना आवेदकले समान ११ कित्ता शेयर पाउने छन्   । यस हिसाबमा आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली हुने छन्। 

 कम्पनीले माघ २३ देखि  प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्काशन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो।

बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो। 

 कम्पनीको अधिकृत पूँजी दुई अर्ब पचास करोड रहेको छ । जारी पूँजी एक अर्ब असी करोड रहेको छ । कम्पनीको जारी पूँजी मध्ये संस्थापकहरुले तत्काल चुक्ता गरेको पूँजी रकम एक अर्ब चवालीस करोड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पैंतालिस करोड तिन लाख साठि हजार पुगेको छ । सर्बसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब असी करोड पुग्ने छ।

यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोलाहनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ   कम्पनीले २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved