धितोपत्र बोर्डद्वारा सुचिकृत कम्पनीलाई १० र नेप्सेलाई ४ बुँदे निर्देशन, पालना नगरे कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 07:27:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सुचिकृत कम्पनीहरुलाई वेबसाइट तयार पारी आफ्नो लेटरप्याडमा वेबसाइटमा नाम राख्न निर्देशन दिएको छ । त्यस्तै बोर्डले नियम बमोजिम सार्वजनिक गरिनु पर्ने वार्षिक प्रतिवेदन र त्रैमासिक प्रतिवेदनहरु सार्वजनिक गरि वेबसाइटमा राख्न निर्देशन दिएको छ । 

त्यस्तै बोर्डले वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन , प्रमुख वित्तीय सूचकहरु , पछिल्लो ५ वर्षको वित्तीय जानकारी , कम्पनी सम्बन्धि तथ्याङक लगायतका जानकारी वेवसाइटमा राख्न निर्देशन दिएको छ । बोर्डले यी सहित विभिन्न १० निर्देशन दिदै ति निर्देशनको पालना भए नभएको यकिन गर्ने जिम्मेवारी कम्पनीको प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा अनुपालन अधिकृतले गर्नु पर्ने भनेको छ ।   

बोर्डले यो ब्यबस्था पालना भए नभएको बारेमा  फागुन मसान्त देखि अनुगमन गर्ने र पालना नभएको पाईए कारवाही गर्ने चेतावनी दिएको छ। 

यस्तो छ बोर्डले सुचिकृत कम्पनीलाई दिएको निर्देशन : 


त्यस्तै बोर्डले कम्पनीको विवरणहरु नेप्सेको वेबसाइटबाट समेत हेर्न मिल्ने ब्यबस्था गर्न नेप्सेलाई निर्देशन दिएको छ । सो पालना भए नभएको यकिन गर्ने जिम्मेवारी नेप्सेका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा अनुपालन अधिकृतको हुने बोर्डले भनेको छ ।  

यस्तो छ बोर्डले नेप्सेलाई दिएको निर्देशन ; 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved