२ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 08:30:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) Life Insurance Corporation (Nepal)  र नेरुदे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha को शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपछि लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य २५ सय ५ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य २७ सय ५५ थियो । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको थियो । त्यस्तै समायोजनपछि नेरुदे लघुवित्तको मूल्य १३ सय ६४  कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १४ सय ७३ थियो । कम्पनीको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको थियो ।

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन ७ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । फागुन ६ गतेसम्म कायाम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले  आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । कम्पनीले फागुन २५ गते साधारणसभा बोलाएको छ । काल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ। 

त्यस्तै नेरुदे लघुवित्तले फागुन २२ गते शनिवार साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२  प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved