नागरिक लगानी कोषको हकप्रद बाँडफाँड, ३ लाख कित्ता बढी शेयर लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 08:45:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust ले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ  । कम्पनीले निष्काशन गरेको हकप्रद फागुन ६ गते बाँडफाँड गरिएको बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले जनाएको छ  ।

कम्पनीले  पुष २८ गतेदेखि  माघ १९ गतेसम्म १ः०.८२८४ का दर (८२.८४) प्रतिशतका दरले  १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये रिट पुर्वक आवेदन दिने १२ हजार ६ सय ४० जनालाई १ करोड ३२ लाख ३८ हजार ३ सय ७८ दशमलव ९५ कित्ता शेयर बाँडफाँड भएको हो । बाँकि रहेको ३ लाख ५४ हजार २ सय १४ कित्ता शेयर लिलाममा आउने छ ।  

त्यस्तै कम्पनीले हकभन्दा बढीको  लागि आवेदन दिएका लगानीकर्ताले बाँडफाँडमा नपरेको पैसा फागुन १० गते सोमबारदेखि फिर्ता पाउने छन् ।  

  हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved