३ वटा हाइड्रोको ८५ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 01:50:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको गरि कुल ८५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइतबार सानिमा माई हाइड्रो, अपि पावर र रिडी हाइड्रो गरि कुल ८५ लाख १ हजार ९ सय ३७ कित्ता शेयर सुचिकृत भएको हो ।

आज सानिमा माइको १० प्रतिशतले हुन आउने २५ लाख ५३ हजार १ सय कित्ता बोनस शेयर, अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर र रिडी हाइड्रोको ५ प्रतिशतले हुन आउने २ लाख ७८ हजार ८ सय ३७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । आज नै सानिमा बैंकको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सुचिकृत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved