प्रभु क्यापिटलद्वारा बाहिर महासंघका सदस्यहरुलाई शेयर तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 02:53:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल Prabhu Capital  ले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम पदान गरेको छ । क्यापिटलले  राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा  शनिवार तालिम आयोजना गरेको हो । तालिममा २५० जना सदस्यहरुको सहभागीता रहेको क्यापिटलले जनाएको छ। 

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने जनाएको छ । 

कार्यक्रममा राष्ट्रिय वहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले शेयर बजार सम्बन्धी तालिम फलदायी भएको तथा शेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै बहिराथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने बताईन् । आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने उनको भनाई थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved