अनलाइन शेयर कारोबारीको संख्या ३ लाख ७६ हजार, लगानीकर्ताको रोजाईमा कुन ब्रोकर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 12:36:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा शेयर कारोबारको लागि  ब्रोकर आईडी खोल्ने लगानीकर्ताको संख्या साढे ५ लाख नाघेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार फागुन ९ गतेसम्म ब्रोकर एकाउन्ट खोल्नेको संख्या ५ लाख ५० हजार ४ सय ९ जना पुगेको छ ।

जस मध्ये ६८.३६ प्रतिशत अर्थात ३ लाख ७६ हजार २ सय ६१ जना अनलाइन प्रणालीमा आवद्द रहेको नेप्सेले जनाएको छ । यी मध्ये १ लाख ९५ हजार ९ सय ८९ जना सक्रिय रुपमा कारोबार गरिरहेको नेप्सेले जनाएको छ ।

अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज रहेको छ । नासाले हालसम्म ३६ हजार ३ सय २७ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ  । त्यस्तै १० हजार भन्दा बढी युजर नेम र पासवर्ड दिने ब्रोकरमा सानी सेक्युरिटिज (२६ हजार १ जना), दिपशिखा (१६ हजार ४ सय २२ जना) आर्यतारा (१६ हजार २ सय ३२ जना, मिदास (१६ हजार ६७ जना), भिजन (१५ हजार  ९ सय ५५ जना), इम्पिरियल (१५ हजार २ सय १ जना), अनलाइन सेक्युरिटिज (१४ हजार ९ सय २६  जना), लिन्च स्टक (१२ हजार ९ सय ३५ जना), ४ सुन्धार सेक्युरिटिज (११ हजार ३ सय ८२ जना) रहेका छन्  ।

सगरमाथा सेक्युरिटिजले भने सबै भन्दा कम अर्थात् ५ सय ९३ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ  । १ हजार भन्दा कम लगानीकर्तालाई युजर नेम र पासवर्ड दिने सगरमाथा सेक्युरिटिज मात्र हो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved