मेरो शेयर खाता नवीकरणको लागि ३ वटा सेवा प्रदायक थपिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 02:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले मेरो शेयर नवीकरणको लागि अन्य सेवा प्रदायकलाई पनि प्रणालीमा आवद्द गराउने भएको छ । हाल ईसेवाबाट मात्रै स्वचालित रुपमा अर्थात् रियल टाइम मै खाता नवीकरण हुने गरेकोमा छिट्टै अन्य सेवा प्रदायकलाई पनि आवद्द गराउन लागेको हो ।

सिडीएसका केहि दिन भित्र मै खल्ती, प्रभु पे र आईएमई पे लाई पनि प्रणालीमा आवद्द गराईने छ । त्यसपछि यी सेवा प्रदायक मार्फत पनि लगानीकर्ताले मेरो शेयर खाता नवीकरण गर्न सक्न सक्ने छन् । 

सिडीएसले गत साउन १ देखि ईसेवा मार्फत स्वचालित रुपमा खाता नवीकरणको सुविधा दिएको थियो । जसमा इसेवाबाट पैसा तिर्ना साथ सोहि समयमा नै मेरोशेयरको खाता नवीकरण हुने ब्यबस्था छ ।  अब भने यसमा खल्ती, प्रभु पे र आईएमई पे लाई पनि थप गर्ने सिडीएसले जनाएको छ  । त्यसपह्चि कनेक्ट आईपीएसलाई पनि आवद्द गराउने सिडीएसको तयारी छ  ।

सिडीएसले ईसेवा बाट नवीकरणको सुविधा दिँदा नै एनसीएचएल, खल्ती, आईएमई पे, लगायतका सेवा प्रदायकहरुलाई पनि प्रणालीमा  आवद्द गरि परिक्षण गर्ने कार्य भईरहेको जनाएको थियो  । परिक्षण सफल भएसंगै अन्य सेवा प्रदायकलाई पनि प्रणालीमा थप्न लागिएको हो । सिडीएसका अनुसार यो कार्य अबको एक दुई दिन भित्र नै भईसक्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved