स्टक डिलरले माग गरेको शेयर विश्लेषक पदमा एउटै आवेदन परेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 03:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलरले माग गरेको शेयर विश्लेषक पदमा एक जनाको पनि आवेदन नपरेको कम्पनीले जनाएको थियो । कम्पनीले माघ १५ गते सूचना प्रकाशित गर्दै एक जना आधारभूत विश्लेषक (फण्डमेन्टल एनलिस्ट ) र एक जनाको प्राविधिक विश्लेषक (टेक्निकल एनलिस्ट) माग गरेको थियो । 

कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेपनि सो समयमा एउटा पनि आवेदन नआएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले जानकारी दिए  । एउटा पनि आवेदन नपरेपछि अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भईरहेको उनले बताए  ।  

उनका अनुसार फेरी आवेदन आह्वान गर्ने, वा आवश्यक योग्यता परिमार्जन गरि आवेदन गर्ने वा कम्पनीले नै तालिम दिएर विश्लेषक तयार पार्ने लगायतका विभिन्न विषयमा छलफल भईरहेको छ ।  कम्पनीले माग गरे अनुसारको जनशक्ति नै नभएको हो वा अन्य कुनै कारणले आवेदन नदिएका हुन् भन्ने विषयमा पनि समीक्षा भईरहेको उनले बताए  ।  

कम्पनीले  करार सेवामा रहने गरी विश्लेषक माग गरेको थियो ।  यस पदमा आवेदन दिन चार्टर्ड एकाउन्टेन्सी वा ब्यबस्थापन, वाणिज्यशास्त्र, तथ्यांकशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्ने भनिएको थियो।  त्यस्तै पुँजीबजार क्षेत्रमा प्रविधिक विश्लेषक वा आधारभूत विश्लेषक भई कम्तिमा ३ वर्ष कार्य गरेको हुनु पर्ने उल्लेख थियो  ।  स्वदेशी तथा विदेशी संस्घ संस्थाले संचालन गरेको धितोपत्र विश्लेषणसँग सम्बन्धित व्यावसायिक योग्यता (Professional Certification) परीक्षा उतिर्ण गरि Advance Computer Skills भएकालाई विशेष ग्राह्यता दिईने कम्पनीले जनाएको थियो।  

छनौट समितिले आएका आवेदन मध्ये बाट उत्कृष्ट ५ जनाको नाम सर्ट लिस्ट गर्ने र  सर्ट लिस्टमा परेका निवेदकले आफ्नो प्रस्तुतीकरण समेत गर्नु पर्ने जनाएको थियो । आधारभूत विश्लेषण तर्फ Economic analysis, Industry analysis, Company analysis , Interpretation of Financial statements of listed companies, Multiple ratios analysis, time value of money and valuation of equity, Economic value add, Moving average, beta analysis, Buy side and sale side analysis, sensitivity analysis, management scenario analysis, Trading psychology and risk management. र प्राविधिक विश्लेषणतर्फ Charts study and analysis, trend line , candlestick study, Double patterns, Triple pattern, support and resistance (chart pattern and their study ), gap analysis, Oscillators and indicators moving average, Moving average convergence and Divergence( MACD), Relative Strength Index(RSI), On balance value, Stochastic, William % R , Bollinger bands, money flow index, Trade Strategies (The Dow Theory, Elliot Wave theory, Fibonacci sequences), Trading psychology and risk management, modern analytical modules. बारे १ घण्टाको प्रस्तुतीकरण दिनु पर्ने कम्पनीले उल्लेख थियो । 

 कम्पनीले आधारभूत पारिश्रमिक दुवै पक्षको आपसी सहमतिमा संचालक समितिले तय गर्ने उल्लेख गरेको थियो ।  त्यस्तै नियुक्त हुनेले आफ्नो धर्म , संस्कृति, र परम्परा अनुसार मनाईने चाडपर्वको लागि एक आर्थिक वर्षमा एक पटक कम्पनीको आठौ तहको अधिकृतले पाउने सुरु तलव स्केल बराबर एक महिनाको पारिश्रमिक पाउने ब्यबस्था थियो  ।  

स्वदेश तथा विदेश भ्रमणमा जानु परेमा भ्रमण भत्ता वापत कम्पनीको आठौ तहको अधिकृतले पाए सरहको रकम पाउने  साथै कम्पनीको संचालक समितिले तोके अनुसारको कार्य सम्पादन मुल्यांकको आधारमा प्रोत्साहन भत्ता पाईने उल्लेख थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved