निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 23, 2021 | 08:23:08 AM मा प्रकाशित

sarbottam cement

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको थियो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४४० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १६२७ थियो । कम्पनीले साधारणसभाको लागि आज फागुन ११ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो ।

 कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कंम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी डेढ अर्ब रहेको छ ।

 कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले फागुन २५ गते साधारणसभा आह्वान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved