निफ्राको शेयर मूल्यमा लगातार आठौ दिन सर्किट, बजार पुँजीकरण १४५ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 11:01:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को शेयर मूल्यमा लगातार आठौ दिन सकारात्मक सर्किट लागेको छ । मंगलबार नियमित कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।  

सातौ दिन (हिजो) सर्किट लागेर बैंकको अन्तिम कारोबार ६६० मा भएको थियो ।  आठौ दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ६९३ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर ७२६ पुगेको छ ।  यससंगै निफ्राको बजार पुँजीकरण १ खर्ब ४५ अर्ब पुगेको छ ।  

 बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved