पोजेटिभ सर्किट लागेको केहि मिनेटमै निफ्राको शेयरमूल्यमा नेगेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 11:40:04 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को शेयर मूल्यमा तिब्र उतार चढाव देखिएको छ ।  मंगलबार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको केहि समयपछि नेगेटिभ सर्किट लागेको छ  ।

मंगलबार नियमित कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको थियो ।  सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ७२६ पुगेको थियो  । तर त्यसको १० मिनेट पनि नबित्दै कम्पनीकोशेयरमा नकारात्मक सर्किट लागेको हो  । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर ५९४ मा आईपुगेको छ । कम्पनीको शेयरमा १० मिनेटको अन्तरमा सकारात्मक र नकारात्मक सर्किट लागेको हो। 

 बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved