नागरिक लगानी कोषले फागुन २१ गतेदेखि शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2021 | 08:28:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust ले फागुन २१ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्न भएको छ । कम्पनीले हकप्रदमा अवितरित ३ लाख ५४ हजार १ सय ५० दशमलव ०५ कित्ता शेयर लिलाम गर्न लागेको हो । यी सबै सर्बसाधारण समुह तर्फका शेयर हुन् ।

लगानीकर्ताले यी शेयरमा फागुन २१ देखि चैत्र १२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि आरविवि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले आरविवि मर्चेन्टको कार्यालय टेकु, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु बिरगंज, जनकपुर्, नारायणगढ, बाग्लुंग, रुपन्देही, बुटवल ,नेपालगंज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौडा, तुलसीपुर र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्ने छन् । त्यस्तै नागरिक लगानी कोषको काठमाडौँ, बिराटनगर र कास्की शाखाबाट आवेदन दिन सकिने छ । 

कम्पनीले  पुष २८ गतेदेखि  माघ १९ गतेसम्म १ः०.८२८४ का दर (८२.८४) प्रतिशतका दरले  १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये रिट पुर्वक आवेदन दिने १२ हजार ६ सय ४० जनालाई १ करोड ३२ लाख ३८ हजार ३ सय ७८ दशमलव ९५ कित्ता शेयर बाँडफाँड भएको थियो । बाँकि रहेको शेयर लिलाममा आउन लागेको हो ।  

   हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved