'निफ्रालाई हतियार बनाएर नियोजित रुपमा शेयरबजारमा खेलवाड'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2021 | 06:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जले नियोजित रुपमा लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड गरेको भन्दै लगानीकर्ता संघहरुले नियामकसँग जवाफ मागेका छन् । बुधबारको कारोबारमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको शेयरलाई हतियार बनाएर परिसूचकमा नियोजित रुपमा नकारात्मक सूचक बनाई लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड गरेको भन्दै लगानीकर्तासंघहरुले नियामकसँग जवाफ मागेका हुन् ।

लगानीकर्ता संघहरुले संयुक्त विज्ञप्ति जारि गर्दै लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड गर्ने जो कोहि व्यक्ति, संस्था वा निकायहरुको अवान्छित गतिविधिलाई सहेर नबस्ने चेतावनी दिएका छन् ।

नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल , नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले संयुक्त रुपमा यस्ता मनोवृति र घटनाहरु नदोहोरिने प्रत्याभूति गराउन माग गरेका छन् । संघहरुले यी लगायत लगानीकर्ताले भोग्दै आएका अन्य समस्याको सम्बोधन गरि समस्या समाधान गर्न माग गरेका छन् ।

लगानीकर्ताहरुले आफ्नो गल्ति नहुँदा नहुदै पनि मेरोशेयरमा देखिने प्राविधिक समस्याको कारण क्लोज आउटमा परि जरिवाना तिर्नु परेको अवस्थालाई पनि तत्काल सम्बोधन गर्न संघहरुले माग गरेका छन् ।

हेर्नुस विज्ञप्ति :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved