३ बाणिज्य बैंक सहित ४ कम्पनीको ३ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 04:09:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वाणिज्य बैंकको ३ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज मेगा बैंक, कृषि विकास बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सुचिकृत भएको हो 

आज मेगा बैंकको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख २२ हजार ६ सय ९५ दशमलव ४१६० कित्ता बोनस शेयर, कृषि विकास बैंकको १५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख ३४ हजार ६ सय ९१ दशमलव ०४६४ कित्ता बोनस शेयर र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७ प्रतिशतले हुन आउने ५६ लाख ८ हजर १ दशमलव ४७ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

 आज नै ग्लोबल आइएमई लघुवित्तको २७.४७ प्रतिशतले हुन आउने ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनस शेयर सुचिकृत भएको छ 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved