यस्तो छ अनलाइन मिडियालाई आईपिओको नतिजा नदिन सिडीएसले पठाएको पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 05:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससी एण्ड क्लियरिङले आईपिओको नतिजा समबन्धित निकाय बाहेक अन्यलाई नदिनको लागि पत्राचार गरेको छ । सिडीएसले फागुन ११ गते मंगलबार सम्पूर्ण निष्काशनकर्ता र बिक्रि प्रबन्धकलाई पत्राचार गरेर आईपिओको नतिजा समबन्धित निकाय बाहेक अन्यलाई नदिनको लागि पत्राचार गरेको हो । 

सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८  को बुँदा ४७ ब्यबस्था अनुसार समबन्धित निकाय बाहेक अन्यलाई नतिजा नदिन भनिएको छ । धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८  को बुँदा ४७ मा सीडीएससीका कर्मचारीनिक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरणतथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।' भन्ने उल्लेख छ

सोहि अनुसार सिडीएसले आईपिओ निष्काशनकर्ता कम्पनी, सिडीएस र बिक्रि प्रबन्धकलाई बाहेक अन्यलाई कुनै पनि माध्यमबाट नतिजा नदिन निर्देशन दिएको छ । यदि नतिजा दिईएको पाईए बिक्रि प्रबन्धक नै जिम्मेवार हुने पत्रमा भनिएको छ । 

यस्तो छ पत्र: 



सिडीएससीको निर्देशन संगै अब लगानीकर्ताहरुले अब ३ तरिकाबाट मात्र आईपोओको नतिजा हेर्न पाउने भएका छन् । अब आईपिओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र आईपिओको नतिजा हेर्न सकिने भएको हो 

यस अघि लगानीकर्ताहरुले सहज रुपमा विभिन्न आर्थिक अनलाइन मिडिया मार्फत सहज रुपमा आफुलाई आईपिओ परेको वा नपरेको हेर्ने गरेका थिए । आईपिओको नतिजा आउँदा मेरोशेयर वेबसाइटमा समस्या आउने भएकोले लगानीकर्तालाई  अनलाइन मिडियामा नतिजा हेर्न सहज भएको थियो । अब भने सिडीएसले लगानीकर्ताको गोपनियताको हकको रुपमा रहेकोले आधिकारिक निकायलाई मात्र नतिजा दिने भएको हो । यो नियम शुक्रबार बाँडफाँड हुन लागको महिला लघुवित्तको आईपिओबाट नै सुरु हुने छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved