सिंगटी हाइड्रोको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 07:17:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड चयन भएको छ । सम्झौतामा सिंगटीको तर्फबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

हाल सिंगटी हाइड्रोको प्राथमिक शेयरको निमित्त निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत मेगा क्यापिटलले नै कार्य गर्दै आइरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन खुल्ला गरिएको प्राथमिक शेयर आगामी फागुन १७ गते सोमबार बाँडफाँड हुने क्यापिटलले जनाएको छ । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन खुल्ला गरिएको प्राथमिक शेयरको बाँडफाँटपछि सर्वसाधारणको लागि शेयर निष्काशन हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved