कुमारीको ८० करोडको ‘ईक्वीटी फण्ड’ आजदेखि बिक्रिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 08:11:33 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटल Kumari Capital  ले आज फागुन १४ गतेदेखि ८० करोडको ‘कुमारी ईक्वीटी फण्ड’ निष्काशन बिक्रि खुला गरेको छ । क्यापिटलले १० रुपैयाँ अंकित दरको ८ करोड निष्काशन गर्न लागेको हो । जस  मध्ये १५ प्रतिशत इकाई कोष प्रवद्र्धक कुमारी बैंक आफैँका लागि र बाँकी ६ करोड ८० लाख इकाईको लागि सर्वसाधारणहरुको लागि निष्काशन भएको हो।  यो बन्दमुखी योजना हो ।

कुमारी क्यापिटलले इक्रा नेपाल बाट AMC ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना सुर्य प्रसाद कोइराला, भरत राज पोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजित कुमार तिमल्सिना गरी ५ जना कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।

योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रिबाट संकलित रकम योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको ब्यवस्थापन गरी प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्ने दाबी गरिएको छ । नेट एसेट भ्यालु १० रुपैयाँबाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरण पश्चात) सम्म २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।

लाभाशं र पूँजी वृद्वि समेत गरी औषत प्रतिफल २२ प्रतिशत प्रक्षेपण गरिएको छ  । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गर्न सक्नेछन् । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने गर्न सकिने छ । 

आवेदन गर्दा न्युनतम १०० इकाई र अधिकत ८० लाख इकाईसम्म आवेदन गर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved