३ लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 08:51:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभाको लागि आज शुक्रबार र भोली शनिवार बुक क्लोज गरेका ३ कम्पनीको शेयर मूल्य समायोजन भएको हो । जस अनुसार आज नेशनल माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त र गणपतिको लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।

नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको शेयर मूल्य २७ सय ४८ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३३ सय ३५ थियो । त्यस्तै गणपति लघुवित्तको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १५ सय ४२ कायम बह्येको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १७७३ थियो । त्यस्तै स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य १३ सय १५ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १४७८ थियो ।

फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीले चैत्र ५ गते साधारणसभा बोलाएको छ । त्यस्तै स्वरोज्गार लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १२.३९ प्रतिशत बोनस र ०.६५ प्रतिशत नगद गरि कुल १३.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले फागुन २९ गते साधारणसभा बोलाएको छ । गणपति लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले फागुन २८ गते साधारणसभा बोलाएको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा ति लाभांश वितरण हुने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved