मेरोशेयर बाहेक यस्तो छ महिला लघुवित्तको आईपिओ नतिजा हेर्ने एक मात्र तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 09:04:48 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट मंगलबार गरिएको थियो  ।

कम्पनीको आईपिओमा  १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ । जस अनुसार  १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् । 

यस हिसाबमा  आवेदन दिएका मध्ये १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भएका छन् । यसमा आवेदन रद्द भएकाहरुको संख्या पनि जोडिएको छ। 

कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धक तोकेको थियो । लघुवित्तले आरटिएसमा पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई चयन गरिसकेको छ । 

 आईपिओ नतिजा

लगानीकर्ताहरुले महिला लघुवित्तको आईपिओको नतिजा ३ तरिकाबाट मात्र आईपोओको नतिजा हेर्न पाउने छन् । सिडीएससी एण्ड क्लियारिङले आईपिओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र आईपिओको नतिजा हेर्न सक्ने ब्यबस्था गरेको हो । 

सोहि अनुसार बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आईपिओ नतिजाको लागि छुट्टै सबडोमेन तयार पारेको छ । नतिजा प्रकशित भएपछि लगानीकर्ताले https://boid.nsmbl.com.np/ मा गएर आफ्नो डिम्याट नम्बर हालेर आफुलाई शेयर परेको नपरेको हेर्न सक्ने छन् यहाँ क्लिक गरेर पनि सोहि वेबमा पुग्न सकिन्छ । यस बाहेक नतिजा प्रकाशन भएपछि मेरो शेयरबाट पनि आईपिओको नतिजा हेर्न सकिने छ ।  महिला लघुवित्तले भने आईपिओको नतिजा हेर्न छुट्टै ब्यबस्था गरेको छैन । महिला लघुवित्तको वेबसाइटमा राखिएको लिंक पनि नेपाल एसबिआई मर्चेन्ट कै हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved