मिडियामाथि सेयरबजारका नियामकको अविश्वास, लगानीकर्ता सहजै सूचना पाउनबाट बन्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 01:36:01 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारका नियामक निकायले आर्थिक अनलाइन मिडियाहरुलाई विश्वास नगर्दा लगानीकर्ताले सास्ती बेहोर्नु परेको छ । सिडीएससीले नेपाल धितोपत्र बोर्डको निर्देशनमा आईपिओको नतिजा अनलाइन मिडियाबाट प्रकाशन गर्न रोक लगाएपछि लगानीकर्ताले सास्ती बेहोरेका हुन् 

यसै कारण महिला लघुवित्तको आईपिओ बाँडफाँड भएको लामो समय बित्दा पनि लगानीकर्ताले नतिजा हेर्न पाएका छन् । सिडीएसले अनलाइन मिडियालाई बन्देज लगाएर नतिजा हेर्नको ३ वटा माध्यम तोकेको थियो । तर मेरोशेयरमा सिडीएसले नतिजा हाल्न सकेको छैन भने नतिजा हालिएको भनिएको बिक्रि प्रबन्धक वेबसाइट खुल्न सकेको छैन 

आईपिओ भरेका लगानीकर्ताले नतिजा हेर्न खोज्दा मेरोशेयरमा चाप परेपछि बिहिबार शेयर बेचेका लगानीकर्ताहरुलाई ईडिआईएस मार्फत शेयर ट्रान्सफर गर्न समेत समस्या भएको छ । यसबाट लगानीकर्ता बिना कारण क्लोज आउटको जरिवानामा पर्ने जोखिम बढेको छ । 

हालसम्म अनलाइन मिडियाले लगानीकर्ताहरुको गोपनियतालाई सम्मान गरी आईपिओ विवरण प्रकाशन गर्दै आएकोमा अहिले सिडीएसले सिमित समुहको आवाज सुनेर मिडियालाई नतिजा दिन रोकेको हो ।  

अनलाइन मिडियाहरुले पनि आफ्नो आचारसंहिता भित्र रही गोपनियताको सम्मान गर्दै नतिजा प्रकाशित गर्दै आएका थिए । तर अहिले भने वर्षौदेखि आईपिओको नतिजा प्रकाशित गरेर लगानीकर्ताहरुलाई सहज रुपमा नतिजा हेर्न सक्ने ब्यबस्था गरेका मिडियामाथि नै नियामकले अविश्वास गरेर नतिजा प्रकाशन गर्नमा बन्देज लगाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved