प्रभु क्यापिटलले ल्यायो ९ वर्षसम्म डिम्याट नवीकरण गर्नु नपर्ने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 12:34:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले नयाँ डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले 'ट्रिपल नाइन, ट्रिपल बेनिफिट' नामक योजना संचालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत डिम्याट लिने ग्राहकले मेरोशेयर निशुल्क रुपमा पाउने, डिम्याटको ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने अर्थात ८ वर्षको आफै नवीकरण हुने र पीएमएस सेवामा ५० प्रतिशत छुट प्रदान हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस सेवाको लागि ग्राहकले एकमुष्ट ९ सय ९९ रुपैयाँ तिर्नु पर्ने छ । 

नयाँ डिम्याट खाता खोने ग्राहक तथा नविकरण गर्ने ग्राहकहरुले पनि यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न हुन् सक्ने भएका छन् ।  क्यापिटलले अनलाइन मार्फत पनि डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved