नेप्सेको सिस्टम अडिट गर्ने जिम्मा ग्रीन टिकलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 01:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेप्सेको सिस्टम अडिटको लागि ग्रीन टिक नेपालको प्रस्ताव छनौट गरेको छ । आर्थिक तथा प्राविधिक प्रस्तावको मुल्यांकन पश्चात नेप्सेको सिस्टम अडिटको जिम्मा ग्रीन टिक नेपाल प्रालिलाई दिइएको नेप्सेले जनाएको हो 

नेप्सेले सर्टलिस्ट भएका ४ कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न आग्रह गरेको थियो ।  सर्टलिस्टमा ग्रिन टिक नेपाल प्रालि, एमिनेन्स वेज प्रालि जेभी रिगो टेक्नोलोजी प्रालि, बिज सर्भ आइटी प्राइभेट लिमिटेड र एसएआर एडभाइजर्स प्रालि इन जेभी विथ एसएआर एसोसिएटस् परेकोमा नेप्सेले सिस्टम अडिटको लागि ग्रीन टिकलाई चयन गरेको हो ।  

इन्फर्मेशन सिस्टम अडिटमा सूचना प्रविधिसँग सम्बन्धित सबै सफ्टवेयर र हार्डवेयरको लेखापरीक्षण गरिन्छ । यस अन्तर्गत नेप्सेसँग हाल भएका सम्पूर्ण सफ्टवेयर र  हार्डवेयरको अडिट अर्थात लेखापरीक्षण गरिने छ । नेप्सेको हालको अनलाइन शेयर कारोबार प्रणालीको पनि अडिट हुने छ । 

अडिट गर्ने कम्पनीले ति सिस्टममा भएका सकारात्मक पक्ष, नकारात्मक पक्ष, सबल पक्ष, कमजोर पक्ष, सुधार गर्नु पक्ष लगायतका विषयको पहिचान गरि आवश्यक सुझाव दिने छ । नेप्सेको सिस्टममा पटक पटक समस्या आएपछि अर्थ मन्त्रालयमा भएको छलफलमा नेप्सेले सिस्टम अडिटको लागि टेण्डर जारी गर्ने सहमति भएको थियो । सोहि अनुसार नेप्सेले इन्फर्मेशन सिस्टम अडिट कार्य अगाडी बढाएको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved