नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, २३ हजार कित्ता लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 08:24:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन १४ गते शुक्रबार शेयर बाँडफाँड गरेको हो । 

कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । क्यापिटलले रित पुर्वक आवेदन दिने ८३२ जना लगानीकर्तालाई ६ लाख ३२ हजार ४ सय ३० कित्ता शेयर बाँडफाँड गरेको हो । शेयरमा नपरेको पैसा फागुन १८ गतेदेखि फिर्ता गर्न थालिने क्यापिटलले जनाएको छ ।  त्यस्तै आवेदन नपरेको २३ हजार ७ सय ३९ कित्ता शेयर कम्पनीले लिलाम गर्ने छ ।  

 बैंकले माघ १३  देखि हकप्रद निष्काशन गरेको थियो ।  हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले यस पश्चात फेरी २ सय प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved