नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 08:37:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited   ले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  को २५ हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले फागुन १७ देखि २३ गतेसम्म ति शेयर लिलाम गर्न लागेको हो 

बैंकले ति शेयरको मूल्य प्रति कित्ता ४९२ कायम गरेकोले आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ 

शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले क्यापिटलले क्यापिटलबाट बोलपत्र फारम पाउन सक्ने छन् । त्यस्तै एनआईसी एसियाको केन्द्रीय कार्यालय थापाथली, र शाखा कार्यालयहरु विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवनपथ, हस्पिटल लाइन र बिरेन्द्रचोकबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने छ । 

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  बीमा समितिले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved