सिन्धु विकास बैंकको साधारणसभा आह्वान, मर्जरको जिम्मा संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 08:55:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited  ले आर्थिक वर्ष ७६/७७ साधारणसभा आह्वान गरेको छ  । बैंकले चैत्र ९ गते सोमबार बनेपामा साधारणसभा आह्वान गरेको हो  । बैंकले भर्चुअल माध्यमबाट समेत शेयरधनीहरु उपस्थित हुन सक्ने ब्यबस्था गरेको छ  ।

सभामा संचालक समितिको प्रतिवेदन , लेखापरीक्षक प्रतिवेदन, र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव पेश हुने छ  । 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तथा बैंक मर्जर तथा प्राप्तिमा जानको लागि सम्झौता गर्ने, डिडिए गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । त्यस्तै नियामक निकायबाट निर्देशन भई आएमा सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । 

बैंकले साधारणसभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा लिन सक्ने छन्  ।

बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छैन  ।   बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ११.४८ प्रतिशत बोनस शेयर र ०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved