५ वर्ष अगाडीको हकप्रदमा नबिकेको शेयर लिलाम गर्दै साना किसान लघुवित्त, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 08:40:06 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान लघुवित्त Sana Kisan Laghubitta Bittiya Sanstha  ले ५ वर्ष अगाडी हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर बल्ल लिलाम गर्ने भएको छ । कम्पनीले फागुन २८ गतेदेखि चैत्र २३ गतेसम्म ति शेयर लिलाम गर्ने भएको हो । 

कम्पनीले ३ हजार ३ सय ६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता  साधारण शेयर गरि कुल १२ हजार ४ सय ४२ कित्ता शेयर लिलाम गर्न लागेको हो । कम्पनीले २०७२ साल मङ्सिरमा २:१ को अनुपातमा ५० प्रतिशतको दरले हकप्रद निष्काशन गरेको थियो । तर हकप्रदमा बिक्र नभएको शेयर अझै लिलामीमा आउँन सकेको थिएन । 

नेपाल धितोपत्र बोर्डले ति शेयर लिलाम गर्न निर्देशन दिएपछि कम्पनीले गत पुसमा सम्पन्न १९ औ साधारणसभाबाट प्रस्ताव पारित गरि ति शेयर लिलाम गर्ने निर्णय गरेको थियो । 

शेयर लिलामको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । शेयरको न्युनतम मूल्य १०० रुपैयाँ अंकित गरिएकोले इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो भन्दा बढी कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

 आवेदन दिँदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । जो कोहि नेपाली इन्गारिक वा नेपालमा दर्ता भएका संस्थाले आवेदन दिन सक्ने छन् । 

आवेदन फारम लिन र बुझाउनको लागि नबिल इन्भेष्टमेन्टको कार्यालय नक्साल र साना किसान लघुवित्तको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा , नेपालगंज, हेटौडा, बुटवल, गजुरी, पोखरा , बिरेन्द्रनगर र बर्दिवास शाखा संकलन केन्द्र तोकिएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved