सांग्रिला डेभलपमेन्ट बैंकको कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 11:20:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  को कारोबार फुकुवा गरेको छ । लाभांश घोषणा बारेको सूचना कम्पनीले कारोबार चलिरहेको समयमा पठाएकोमा स्पष्टिकरण सोध्दै नेप्सेले कारोबार रोक्का गरेको थियो  ।

कम्पनीले तत्काल जानकारी गराउनु उदेश्यले सूचना नेप्सेमा  पठाएको र आगामी दिनमा नियम अनुसार गर्ने प्रतिबद्दता जनाई स्पष्टिकरण पेश गरेपछि नेप्सेले कारोबार फुकुवा गरिदिएको हो। कम्पनीले बिहान १०:३० बजेको बैठकले गरेको लाभांश बारेको जानकारी नेप्सेलाई कारोबार जारी रहेको अवस्थामा १२:३४ बजे जानकारी गराएको थियो ।

धितोपत्र सूचीकरण नियमावलीको ब्यबस्था अनुसार शेयर मूल्यलाई प्रभाव पार्ने सूचना नियम बमोजिम उपलब्ध नगराएको भन्दै नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको थियो  । नेप्सेले के कारणले उक्त सूचना समयमा उपलब्ध गराउन नसकिएको हो भन्ने बारेको जवाफ माग गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीले हुन आउने ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले हुन आउने  ६८ लाख ५९ हजार ५ सय ८० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved