ब्रोकर हाउसको डिस्प्ले रुम मिस गर्दै लगानीकर्ता, बोर्ड भन्छ 'अहिले खोल्दैनौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 01:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारका लगानीकर्ताहरुले ब्रोकर हाउसको डिस्प्ले 'मिस' गर्न थालेका छन् । विशेषगरी बजारका पुराना लगानीकर्ता र नियमित ब्रोकर हाउसमा गएर लगानी गर्ने लगानीकर्ताहरुले ब्रोकर हाउस मिस गर्न थालेका हुन् 

कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएका विभिन्न प्रतिबन्ध खुकोलो भएसंगै ब्रोकर हाउसमा पनि लगानीकर्ताको चहल पहल बढ्न थालेको छ । तर ब्रोकर हाउसका डिस्प्ले स्क्रिन भने अझै बन्द छन् । 

नेपाल धितोपत्र बोर्डले गत वर्षको चैत्र ६ गते ब्रोकरहरुलाई स्क्रिन एक्जिविसन रुम अर्थात् डिस्प्ले रुम बन्द गर्न निर्देशन दिएको थियो। त्यसपछि अनलाइन बाट नै शेयर कारोबार हुने ब्यबस्था गरिएपछि लगानीकर्ताहरुले घर मै बसेर कारोबार गरिरहेका थिए । तर पुराना तथा नियमित ब्रोकर हाउसमा गएर लगानी गर्ने लगानीकर्ताहरु डिस्प्ले रुम सुचारु गर्नको लागि आवाज उठाउन थालेका छन् । 

लगानीकर्ताले डिस्प्ले रुम खोल्न माग गरेपनि कतिपय ब्रोकरले भने डिस्प्ले रहने तथा लगानीकर्ता बस्ने स्थानलाई पनि कर्यालयको अन्य प्रयोजनको लागि प्रयोग गर्न थालिसकेका छन् । 

उता नेपाल धितोपत्र बोर्डले भने अहिले डिस्प्ले रुम खुलाउने कुनै योजना नरहेको जनाएको छ ।  नेपाल सरकारले स्वास्थ्य मापदण्ड अपनाई राख्न आग्रह गरेकोले डिस्प्ले रुम खुलाउने बारे कुनै छलफल नभएको बोर्डक प्रवक्ता निरज गिरिले जानकारी दिए ।  विदेशमा कोरोनाको दोस्रो लहर, तेस्रो लहर पनि देखिएको र पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेकोले ब्रोकर हाउसमा धेरै भिडभाड गराउने पक्षमा बोर्ड नरहेको उनको भनाई छ ।  उनले पहिले जस्तै घर मै बसेर लगानी गर्न पनि लगानीकर्तालाई आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved