सिडीएसको नयाँ वेबसाइटबाट स्थानीयको आईपिओ नतिजा हेर्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 03:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएसले आईपिओ नतिजा हेर्नको लागि संचालनमा ल्याएको नयाँ वेबसाइटबाट स्थानीयको आईपिओ नतिजा भने हेर्न नपाइने भएको छ। सिडीएसले संचालनमा ल्याएको https://iporesult.cdsc.com.np/ बाट सर्बसाधारणलाई निष्काशन भएको आईपिओको नतिजा मात्र हेर्न मिल्ने भएको हो  ।

मेरोशेयरबाट नतिजा हेर्दा वेबसाइटमा लोड बढी भएर लगानीकर्ताले ईडिआईएस गर्न समेत नपाएको गुनसो गरेपछि सिडीएसले छुट्टै वेबसाइट सुरु गरेको थियो  । त्यस वेबसाइटबाट सर्बसाधारणलाई निष्काशन गरिएको शेयरको नतिजा मात्र हेर्न मिल्ने सिडीएसले जनाएको हो।

सिडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार स्थनीयलाई निष्काशन गरिएको आईपिओमा डिम्याट नम्बर अनिवार्य नगरिएकोले नयाँ वेबसाइटबाट स्थानीयको नतिजा हेर्न नमिल्ने बताएका हुन्  । उनका अनुसार अहिलेको प्रणालीबाट डिम्याट खाताको आधारमा आफुलाई कति शेयर परेको छ हेर्न सकिन्छ । तर स्थानीयको शेयरमा डिम्याट अनिवार्य भएकोले स्थानीयको आईपिओको नतिजा वेबसाइटमा नराखिएको उनले बताए। स्थानीयको नतिजा पनि वेबसाइटमा हाल्नको लागि २ तरिकाबाट आईपिओ नतिजा हेर्ने ब्यबस्था गर्नु पर्ने भएकोले त्यसको लागि केहि समय लाग्ने उनले बताए । 

यद्यपि स्थानीयको आईपिओको नतिजा सम्बन्धित कम्पनी र बिक्रि प्रबन्धकको वेबसाइटबाट हेर्न सकिने छ।

यस अघि अनलाइन मिडियाहरुले पनि आईपिओ नतिजा प्रकाशित गर्दै आएकोमा सिडीएसले अनलाइन मिडियालाई नतिजा प्रकाशनमा रोक लगाएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved