मोलुङ्ग हाइड्रोको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 06:00:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मोलुङ्ग हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सन्राइज क्यापिटल Sunrise Capital नियुक्त भएको छ । आयोजनाले सर्वसाधारणहरुको लागि निष्काशन गर्न लागेको १ सय रुपैयाँ अंकित दरका ३१ लाख ३१ हजार कित्ता निष्काशन गर्नको लागि सन्राइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको हो ।

मोलुङ्ग हाईड्रोले आयोजना स्थल ओखलढुङ्गाको सर्वसाधारणहरुको साधारण शेयर ३५ लाख ३१ हजार (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८ लाख २ हजार ५ सय कित्तासमेत) कत्ता निष्काशन गर्न लागेको हो । 

साधारण शेयर निष्काशनको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन र सन्राइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मोलुङ्ग हाइड्रोपावरको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत्र १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । गत माघ २५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी १ अर्ब र जारी पूंजी बृद्धि गरी ८० करोड २५ लाख कायम गर्ने निर्णय भएको थियो । 

उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक शेयर र ४४ प्रतिशत अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गर्ने भनिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved