सनराइज क्यापिटलले चैत्र १ देखि १ अर्बको 'ब्लुचिप फण्ड' निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 08:38:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल Sunrise Capital  ले चैत्र १ गतेदेखि 'सनराइज ब्लुचिप फण्ड' नामको सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि  'सनराइज ब्लुचिप फण्ड' नामको म्युचुअल फण्डको इकाई निष्काशन गर्न लागेको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई बराबरको १ अर्ब रुपैयाँ बराबरको योजना संचालन गर्न इकाई निष्काशन गर्न लागेको हो। जस मध्ये न्युनतम १ करोड ५० लाख इकाई वा कुल बिक्रि भएको इकैईको १५ प्रतिशत कोष प्रबर्दक सनराइज बैंकको लागि छुट्याईएको छ । बाँकि रहने ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  

इकाईमा छिटोमा चैत्र ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि दिन सकिने छ । 

इच्छुक लगानीकर्ताले मेरोशेयर अनलाइन तथा सीआश्वा अनुमति प्राप्ति बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।  क्यापिटलले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड संचालन गरिरहेको छ । 

इकाई निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved